नियम ५४
अधिकारको प्रयोग
(१) कार्यालयको तर्फबाट सम्पादन गरिने काम, कर्तव्य र अधिकारको प्रयोग सम्बन्धित कार्यालयको प्रमुख भई काम गर्न तोकिएको निरीक्षकबाट हुनेछ।
(२) ऐन र यस नियमावली बमोजिम निरीक्षक आफैले सम्पादन गर्ने भनी तोकिएको काम बाहेक निरीक्षकले आफू मातहतको कुनै निरीक्षक वा अधिकृतलार्इ ऐन र यस नियमावली बमोजिम कार्यालयले गर्नु पर्ने कुनै काम गर्न अधिकार प्रत्यायोजन गर्न सक्नेछ।
(३) निरीक्षकले आफू कार्यालयमा अनुपस्थित भएको अवस्थामा कार्यालयमा निवेदन दर्ता गर्ने, विवादका पक्षहरुबीच वार्ता गराउने, प्रतिलिपी प्रमाणित गरिदिने र कार्यालयमा विचाराधीन उजुरीका सम्बन्धमा प्रमाण बुझ्ने लगायतका कार्य गर्न आवश्यक कर्मचारीको व्यवस्था मिलाउनु पर्नेछ।